साफ महिला च्याम्पियनशिप : पहिलाे हाफमा नेपाल ४–० ले अघि

 भदौ २७, २०७९ सोमबार १८:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सविन के श्रेष्ठकाे ट्विटरबाट

काठमाण्डाै – साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह 'बी' काे अन्तिम खेलमा नेपालले पहिलाे हाफमा श्रीलङ्कालाई चार–शून्यकाे अग्रता लिएकाे छ । 

दशरथ रङ्गशालामा भइरहेकाे खेलमा नेपालले खेलकाे नवाैँ मिनेटमा पहिलाे गाेल गरेकाे थियाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे गाेल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर बनाइन् । यस्तै खेलकाे १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गाेल गरिन् ।

याे खेलमा नेपालले जित वा बराबरीको नतिजा निकाले पनि समूह विजेता बन्नेछ । श्रीलङ्काले भने सेमिफाइनलमा स्थान बनाउन नेपाललाई पाँच गोलको अन्तरले हराउनुपर्ने छ । नेपालले पहिलो खेलमा भुटानलाई चार–शून्य गोल अन्तरले हराएको थियो । तर भुटानले दोस्रो खेलमा श्रीलङ्कालाई पाँच-शून्य गाेल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

समूह 'ए' बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान बनाइसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया