साफ महिला च्याम्पियनशिप : नेपालले श्रीलङ्कालाई ६ गाेलले हरायाे, समूह विजेता बन्दै सेमिफाइनलमा

 भदौ २७, २०७९ सोमबार १९:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह 'बी' काे अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गाेल अन्तरले हराएकाे छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले खेलकाे नवाैँ मिनेटमा पहिलाे गाेल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर बनाइन् । यस्तै खेलकाे १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गाेल गरिन् । यस्तै अनिशा कार्कीले खेलकाे ७६ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । 

याे जितसँगै नेपाल समूह 'बी' काे विजेता बन्दै सेमिफाइनलमा पुगेकाे छ । नेपालले पहिलाे खेलमा भुटानलाई चार–शून्यले हराएकाे थियाे । यही समूहबाट भुटान यसअघि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यस्तै समूह 'ए बाट भारत र बङ्गलादेश अन्तिम चारमा गइसकेका छन् । 

अन्तिम अपडेट: जेठ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया