उच्च अदालत पाटनबाट जरिबाना तोकेपछि फरार भएका कुँवर पक्राउ

 भदौ २८, २०७९ मंगलबार ७:५४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उच्च अदालत पाटनबाट ६१ लाख ५४ हजार ८ सय ७५ जरिबाना तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अदालतले बैंकिङ कसुर मुद्दामा २५ दिन कैद सजाय र  ६१ लाख ५४ हजार ८ सय ७५ रुपैयाँ जरिबाना ठहर गरेपछि फरार पर्वत घर भइ काठमाण्डौको नयाँबजार बस्ने ३५ वर्षीय इन्द्रबहादुर कुँवरलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त रकम नहुँदानहुँदै विभिन्न तीन जनालाई पैसा नभएको चेक दिएर बैंकिङ जन्य कसुर गरेकाले उच्च अदालत पाटनको आदेशअनुसार कुँवरलाई हिजो सुन्धाराबाट पक्राउ गरिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया