काठमाण्डौमा गाडीको आवागमन आज पनि प्रभावित, यी रुटमा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

 भदौ २८, २०७९ मंगलबार ९:५८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - आज काठमाण्डौ उपत्यकामा दिनभरजसो गाडीको आवागमन प्रभावित हुने भएको छ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरिय राजनीतिक भेटघाट गर्ने भएकाले उहाँको ओहोरदोहोरका क्रममा गाडीको आवागमन प्रभावित हुने भएको हो ।

बिहान पौने ९ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको थियो । ट्राफिक प्रहरीले भने विशेष कारणवश गाडीको आवागमन प्रभावित भएको जनाएको छ ।

लीले अहिले नयाँ बानेश्वरमा रहेको सङ्घीय संसदमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग भेटवार्ता गर्दै हुनुहुन्छ । यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ ।

भेटवार्तापछि उहाँ फर्कने समय बिहान साढे ११ बजेको आसपासमा तीनकुने,  नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल,  टेकु, कालीमाटी, सोल्टी होटल र रविभवनसम्म गाडीको आवागमन  प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसैगरी  दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली ,  माइतीघर, बबरमहल, सिंहदरबार,  भद्रकाली,  पद्मोदयमोड आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने भएको छ ।

यो समयमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्नुहुनेछ । भेटपछि उहाँ सोल्टी होटल नै फर्किनु हुनेछ । उहाँ फर्किने दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि गाडीको आवागमन प्रभावित हुनेछ  । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया