बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना गलत हाे, अफवाह फैलाए कारबाही हुन्छ : साइबर ब्युरो

 भदौ २८, २०७९ मंगलबार ११:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीले सामाजिक सञ्जालमा चर्चा भएको जस्तो बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना नरहेको भन्दै अफवाह नफैलाउन आग्रह गरेको छ ।

केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको चर्चा चलेपछि प्रहरीको साइबर ब्युरोले सूचना निकालेर अफवाह नफैलाउन आग्रह गरेको छ ।

ब्युरोले सूचनामा सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न अनुरोध पनि गरेको छ ।

सामाजिक सञ्जालमा बच्चा चोरी हुने सूचना भाइरल भएपछि धेरैतिर डर बढेको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hari Dhakal

    Sept. 13, 2022, 11:30 a.m.

    एकै दिनमा देशका विभिन्न शहरहरुमा उस्तैखाले घटना दोहोरिदा र असम्बन्धित ब्यक्तिले अपरिचित बच्चा बोकिहिड्दा संसय पैदा हुनु संयोग हो या योजनाबद्द हो ! जिम्मेवार निकाय गम्भीर हुनु जरुरी छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया