लगातार ६ दिनसम्म घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो

 भदौ २८, २०७९ मंगलबार १५:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार ६ दिनसम्म घटेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ३४ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा र  माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढे पनि कारोबार रकममा भने धेरै सुधार आएको छैन । दुई सय ३१ वटा कम्पनीकाे ३१ लाख ४६ हजार कित्ता शेयर ९२ करोड २५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैँकको पाँच करोड ९४ लाख र रिडी हाइड्रोको पाँच करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युतको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नबिल बैंक डिबेन्चरकाे शेयर साढे नौ प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया