साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै बङ्ग्लादेश समूह विजेता बन्याे

 भदौ २८, २०७९ मंगलबार १९:२२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा बङ्ग्लादेशले भारतलाई हराएकाे छ । 

दशरथ रङ्गशालामा भएकाे खेलमा भारतलाई तीन–शून्य गाेलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेकाे हाे । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । भारत भने उपविजेता बनेकाे छ । याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ । 

याेसँगै बङ्ग्लादेशले साफ महिला च्याम्पियनशिपमा भारतलाई पहिलाे पटक हराएकाे छ । यस्तै भारतले महिला साफ च्याम्पियनशिपकाे इतिहासमा पहिलो पटक हार बेहोरेको छ ।

समूह 'बी' बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया