यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना पराजित, लिभरपुल र इन्टर मिलानको जित

 भदौ २९, २०७९ बुधबार ६:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ ।

बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानले गोल गरे । जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो ।

इन्टरको जितमा इडेन जेको र डेन्जेल डमफ्रेजले एक/एक गोल गरे । अर्को खेलमा लिभरपुलले आजक्सलाई २–१ गोलले हराएको छ । त्यस्तै टोटनह्याम स्पोर्टिङसँग २–० गोलले पराजित भएको छ । पोर्टोलाई क्लब बुर्जले ४–० गोलको फराकिलो अन्तरले हराएको छ ।

मार्सेल्लीलाई इन्ट्राच फ्रान्कफर्टले १–० गोल तथा लिभरकुसेनले एट्लेटिकाे मड्रिडलाई २–० गोलले हराएको छ ।

हेडलाइन अन्यथा भएकाेमा सच्याइएकाे छ । 

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया