महाअभियोग सिफारिस समितिमा नजाने सर्वोच्चका न्यायाधीशहरुको निर्णय

 भदौ २९, २०७९ बुधबार १९:३६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सर्वोच्च अदालतले न्यायाधीशहरू बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित हुन नमिल्ने जनाएको छ । 

प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेर भोलि बिहान साढे ८ बजे बैठकमा उपस्थित हुन पत्राचार गरेको थियो । 

समितिको पत्र प्राप्त गरेपछि दिउँसो बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरू बयानका लागि महाअभियोग सिफारिस समितिमा जान नमिल्ने ठहर गरेको हो । 

पूर्ण बैठकपछि सर्वोच्चका कायम मुकायम मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले महाअभियोग सिफारिस समितिलाई पत्र पठाएर उपस्थित हुन नमिल्ने जानकारी दिनुभएको छ । 

बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको नाम लिनुभएको थियो।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया