काठमाण्डौ महानगरभित्र सार्वजनिक ठाउँमा पर्सिदेखि सुर्ती चुराेट सेवनमा प्रतिबन्ध, अटेरी गरे कारबाही

 भदौ ३०, २०७९ बिहीबार ७:२०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ ।

महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ । 
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • दुखिराम

    Sept. 15, 2022, 9:35 a.m.

    याे सूचना सडक सडकमा माइकिङ गरेर दिने एक हफ्ता जति, अनि अनुगमन गरेर कारबाहीमा उत्रने है त । घर-मलकाे पार्किङबेसमेन्टमा पसल थाप्ने लगायत डान्सबार राेदीघरे रमझमकाे बिकृतिजन्य काम राेकथाम गर्न डाेजर चढाय जस्तै सडक किनारामा गजधम्म बसी खुलारुपले खुद्रा चुराेटखैनी बेच्ने नाङ्लाे पसले र सडकपेटी मा फुइँफुइँ धुवाँ छाड्दै हिड्ने अल्लारेहरुकाे खुट्टे पिल्लरमाथिकाे बेसमेन्ट मा सुम्लाे उठ्ने गरी लाठाे रुपी डाेजर दन्काउदै गर्ने हाे भने नगर प्रहरी भाइहरुद्वारा याे जनसवास्थ्य प्रतिकूल काम नियन्त्रण हुने छ ।

  •  0 Reply
  • Baikuntha RImal

    Sept. 15, 2022, 8 a.m.

    नखानु मात्र भनेर हुदैन सब भन्दा राम्रो यसको बिक्रि बन्द गरिनु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया