पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किँदै हुनुहुन्छ । उहाँ बिहान साढे ८ बजे सोल्टी होटलबाट एअरपोर्ट प्रस्थान गर्ने तालिका छ । यसका लागि बिहान सवा ८ बजेदेखि रविभवनदेखि एअरपोर्टसम्मको सडकमा गाडीको आवागमन प्रभावित हुनेछ ।
रवि भवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल र एअरपोर्टसम्म गाडीको आवागमन रोकिने छ । यो समयमा यो सडक प्रयोग गर्नेलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह छ ।
नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभयो ।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटासँगको भेटका क्रममा नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । उहाँसँगको भेटवार्ताका क्रममा नेपालले सीमा नाका खुलाउन आग्रह गरेको छ ।
जवाफमा लीले तातोपानी र रसुवागढी नाका खोल्न चीन सकारात्मक रहेको बताउनु भएको छ । गएको सोमवार ६७ जनाको टोलीको नेतृत्व गर्दै नेपाल आएका जनकंग्रेसका अध्यक्ष लीले हिजो बिहान भक्तपुर दरबार स्वायरको अवलोकन गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।