चुनावमा एमालेले हार्न हुँदैन : अध्यक्ष ओली

 भदौ ३०, २०७९ बिहीबार १६:४९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेले हार्न नहुने जिकिर गर्नुभएको छ । 

ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा आज बिहीवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि चुनावमा एमालेले हार्नै नहुने बताउनुभएको हो । ‘यो चुनाव पहिलेको जस्तो सामान्य चुनाव होइन, यसको विशेष अर्थ र महत्त्व छ । लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि पनि यस पटक एमाले हार्न मिल्दैन’, अध्यक्ष ओलीले भन्नुभयो । देशको  विकास गर्नका लागि एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति नभएको उहाँको जिकिर थियो ।

आउँदो मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नेता तथा कार्यकर्तालाई मत वृद्धि र मत रक्षा गर्नसमेत आग्रह गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर चलेकाले पालिकामा ३८ लाख मत प्राप्त गरिएकोमा अबको चुनावमा ५० लाख मत पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य तथा भरतपुर महानगरका सहइन्चार्ज अञ्जन तिमिल्सेना, कालिका नगरपालिकाका उपाध्यक्ष तुलबहादुर विक, बाग्मती प्रदेश कमिटी सदस्य गिरिधारी सुवेदीलगायत एमालेमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीलाई पार्टी अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया