पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - फुटपाथ व्यवस्थापनको विषयलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सामाजिक सञ्जालमा सवाल–जवाफ भएको छ ।
फुटपाथलाई व्यवस्थित गर्न डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् दिएको सुझावलाई मेयर बालेन्द्र शाहले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काउनुभएको हो ।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने, मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर शाहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतःनिश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’
यसमा मेयर शाहले जवाफ दिँदै लेख्नुभएको छ ‘यो कुरा त तपाईँले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्नु पर्थ्याे नि ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।