शेयर बजार आज पनि घट्याे, १९ सय १० विन्दुमा झर्‍याे

 भदौ ३१, २०७९ शुक्रबार १३:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज शुक्रवार पनि घटेर राताम्मे भएको छ । हिजो बिहीवार ५७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १० अङ्कले घटेर एक हजार नौ सय १० दशमलव ३८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बीमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २० वटा कम्पनीको २९ लाख १६ हजार कित्ता शेयर ९० करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटे पनि नवीन ब्यालेन्स फन्डकाे शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया