प्रतिनिधि सभाको कार्यकाल सन्तोषजनक रह्याे : अध्यक्ष ओली

‘चुच्चे नक्सा सर्वसम्मत पारित गर्नु ऐतिहासिक काम’

 भदौ ३१, २०७९ शुक्रबार १४:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको यो कार्यकाल सन्तोषजनक रहेको समीक्षा गर्नुभएको छ ।

संसदीय दलको अन्तिम बैठकमा आज शुक्रवार ओलीले प्रतिनिधि सभाप्रति आफ्नो समीक्षा सुनाउँदै सांसदहरूलाई गाउँ–गाउँ जान पनि निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको सुरुवाती कालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा ओलीले गर्नुभएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा सर्वसम्मत पारित गर्नु ऐतिहासिक काम भएको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभाको कार्यकाल भोलि शनिवार राति १२ बजेपछि सकिने उल्लेख गर्दै ओलीले सांसदहरूलाई एमालेलाई सरकारमा ल्याउने गरी लाग्न निर्देशन पनि दिनुभएको छ । मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तोकिएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया