'नेपालको पानी जनताको लगानी' नारा व्यवहारिकरूपमा कार्यान्वयनमा आयाे : मन्त्री भुसाल

 भदौ ३१, २०७९ शुक्रबार १७:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले 'नेपालको पानी जनताको लगानी' नारा सरकारले व्यवहारिकरूपमा कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।

बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाका लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सह–वित्तीयकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) बीच ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले माथिल्लो अरुण जलविद्युत् आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्ने बताउनुभयो । अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो धेरै प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक, सामाजिक विकास गर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपालको पानी जनताको लगानी नारा सरकार व्यावहारिक ढङ्गले कार्यान्वयन गर्ने स्थानमा पुगेका छ । अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक सामाजिक विकासमा योगदान गर्नसक्ने स्थानमा पुग्यौँ ।’

मन्त्री भुसालले यो आयोजनाले नेपालका वित्तिय संस्थाहरूको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले बैंक, वित्तीय संस्थाबाट हुने लगानी पनि जनताको लगानी र सर्वसाधरण शेयर दिनु पनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्चस्तरबाट पुष्टि हुँदै गएको दाबी गर्नुभयो । 

मन्त्री भुसालले माथिल्लो अरुण भन्दा बढी क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी दर्ताको प्रक्रियामा पुगेको बताउनुभयो । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया