याे पाराले देशलाई अगाडि बढाउन सकिँदैन : माधव नेपाल

 भदौ ३१, २०७९ शुक्रबार १८:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताउनुभएको छ । 

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच वर्षे कार्यकाल अघिल्लो चुनावपछि अनुमान गरिएअनुसार नभएको बताउनुभएको हो । उहाँले केही नेताहरूको चरम व्यक्तिवाद र अहङ्कारका कारण देश अन्योलको दिशातर्फ गएको बताउनुभयो । 

देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडि नबढ्नुले आफू चिन्तित रहेको अध्यक्ष नेपालकाे भनाइ छ । यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै उहाँले विचार र कार्यशैलीमा रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रको विकासको हिसाबले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन । राज्यमा जुन ढङ्गले सुशासनको मान्यतालाई अवलम्बन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेकोले म अत्यन्तै चिन्तित छु । यो देशलाई यही पाराले, यथास्थितिको हिसाबले अनि गफको हिसाबले अगाडि बढाएर लान सकिँदैन । अराजनीतिक चिन्तनले पनि केही गर्नेवाला छैन । चिन्तन राजनीतिक हुनुपर्‍याे ।’

अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको बताउनुभयो । उहाँले ठूला पार्टीहरूले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया