भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

 भदौ ३१, २०७९ शुक्रबार १९:१९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । 

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।   

भारतमाथि नेपालकाे याे ऐतिहासिक जित हाे । नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेकाे हाे । याेसँगै नेपाल पाँचौँ पटक फाइनलमा पुग्दा भारत भने पहिलो पटक फाइनल पुग्न सकेन । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ । 

नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार बेहाेरेको छैन । समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।  

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई आठ–शून्य गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे हाे । फाइनल खेल साेमवार बेलुकी ५ बजे सुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • सन्ध्या बस्याल

    Sept. 16, 2022, 8:29 p.m.

    हार्दिक बधाई टीम नेपाल।खेल साच्चिकै राम्रो थियो केटाले गर्न नसक्ने काम पनि केटीले सक्छन् है भन्ने उदाहरणीय सफलता भएको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया