खर्च विवरण नबुझाउने १ लाख २३ हजार जनामाथि कारबाही

महानगरका मेयर–उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिबाना

 भदौ ३१, २०७९ शुक्रबार २०:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावकाे खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ । 

आयोगले आज शुक्रवार एक विज्ञप्ति निकालेर एक लाख २३ हजार ६ सय २४ जना उम्मेदवारमाथि कारबाही गरेको जानकारी दिएकाे हो । खर्च विवरण नबुझाउने उम्मेदवारले आयोगलाई सात लाख ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । 

आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई सात लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई पाँच लाख ५० हजार रुपैयाँ, नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई चार लाख ५० हजार रुपैयाँ, गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । 

याे जरिबाना रकम ६ महिनाभित्र पेस गर्नुपर्ने आयाेगकाे विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया