कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी
मंसिर १४, २०८० बिहिबार
बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।
ताजा अवस्थामा भारतले २९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा १५३ रन बनाएको छ ।
अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपि एक पछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।
नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतकै पल्ला भारी छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।
गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो ।
सन् २००० मा भएको यू–१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।
सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।
सन् २०१७ मा भने नेपालले भारतविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएको थियो । त्यस खेलमा नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले ब्याटिङतर्फ ८८ रन र बलिङतर्फ ४ विकेट लिएका थिए ।
Rajkumar rai
Sept. 29, 2018, 1:40 p.m.आज पनि नेपालीले पहिलो संस्करणको सम्झना गर्दै खेल बलियो बनाउनु पर्यो , अवस्य जीत हुनेछ , सबै खेलाडीले आत्म निर्भर भएर खेल्नु पर्यो / नेपाल पनि भारत भन्दा कमजोर टीम होइन/ best off luck guys
Ganesh
Sept. 29, 2018, 11:28 a.m.जित्नै पर्छ भनेर खेल्ने कहिले ? जितेरै छोड्छु भन्ने उद्देश्य लिएर खेल्नुपर्यो / खेल जिते पनि नजिते पनि राष्ट्रिय खेलाडी भएपछि तलब पाउँछ भनेर बच्चाको जस्तो गर्नुभएन / अब चाहिं जित्ने उद्दिश्य सहित खेल्नुपर्यो /
sujan rai
Sept. 29, 2018, 10:56 a.m.यसरी नै हाम्रो नेपालको टीम अगी बढ्दै जाँदै छ , गौरव छ मेरो देश नेपाल /
Pushpa Raj Basnet
Sept. 29, 2018, 10:49 a.m.Wanna see victorious nepal over india cause nepal is hat n head of d whole world
Umashankar Joshi
Sept. 29, 2018, 10:41 a.m.Very nice ,Nepal
Binod dahal
Sept. 29, 2018, 10:37 a.m.Dherai ramero xa live pani dinu paro