दशैँमा अनलाइनबाट अग्रिम टिकट बुकिङ कसरी गर्ने ?

 असोज १, २०७९ शनिबार ९:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आजदेखि दशैँको अग्रिम टिकट बुकिङ सुरु भएको छ । केही ठाउँमा अनलाइनबाटै पनि टिकट बुकिङ गर्न मिल्नेछ ।

ई–सेवा, खल्ती, आईएमई–पे, फोन–पे लगायतका डिजिटल वालेटबाट अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । यसको लागि यी एपमा रहेको बसको चिह्न भएको ठाउँमा क्लिक गरेर गाडी चड्ने ठाउँ र जानु पर्ने ठाउँ रोज्नु पर्छ । ठाउँ रोजेपछि आफू कहिले जाने हो त्यसमा पनि क्लिक गर्नुपर्छ ।

त्यसपछि त्यो दिन उपलब्ध भएका गाडीको सूची आउँछ । आफूलाई चाहिने सुविधा र भाडा अनुसारको गाडी छानेपछि  सिटको चित्र आउँछ । चित्रमा देखिएको सिटमा सेतो रङ भए खाली र खैरो रङ भए बुक भइसकेको सिट भनेर बुझ्नु पर्छ । खाली भएअनुसार कुन सिट लिने हो त्यो पनि आफैँले छान्न मिल्छ । 

त्यसपछि आफ्नाे नाम, सम्पर्क नम्बर, गाडी चढ्ने ठाउँ र इमेल भरिसकेपछि कन्फर्म गर्नुपर्छ । अनलाइनबाट टिकट उपलब्ध गराउनेहरुले सिधै गाडीधनी, काउन्टर तथा संस्थासँगै समन्वय गरेर टिकट उपलब्ध गराउने गर्छन् ।

टिकट काटिसकेपछि यात्रु, काउन्टर र गाडीधनीलाई एकैचोटी माेबाइलमै जानकारी जान्छ । यसैगरी यात्रुको माेबाइल र इमेलमै टिकटको डिजिटल प्रतिलिपि पनि जान्छ । कन्फर्म गरेपछि डिजिटल पैसा तिर्न मिल्छ । यसो गर्दा बसमा कुन सिट खाली छ कुन छैन भन्ने कुरा काउन्टर र चालक दुवैलाई थाहा हुन्छ। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया