सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
बर्दिया - गएरातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको बबई नदीमा आएकाे बाढीले खतराको तह पार गरेको छ। बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि नदीमा पानीको सतह बढेको हो।
बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ । चेपाङमा ५ दशमलव ५० मिटर पुगे चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ ।
लगातारको वर्षाका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का प्रायजसाे गाउँ डुबानमा परेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढी गाउँमा पस्दा वडाका एक सयभन्दा बढी घर डुबानमा परेका हुन् । डुबान प्रभावित परिवारलाई उद्धार गरी स्थानीय विद्यालय र वडा कार्यालयमा राखिएको वडा नम्बर ७ का वडाध्यक्ष कलम विष्टले जानकारी दिनुभयो ।
वर्षा अझै भइरहेकाले बबई नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेकाे छ। यस्तै गएरातिदेखि कर्णाली नदीकाे पनि जलस्तर बढेर चेतावनी तहसम्म पुगेको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।