पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । ९ जना बेपत्ता छन् ।
अरु १३ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धारको काम भइरहेको छ ।
घाइतेहरुको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । कमलबजार नगरपालिका वडा नम्बर– ६ मा पहिरोमा परि घाइते भएका ६ जनालाई उद्धार गरेर जिल्ला अस्पताल अछाममा उपचार थालिएको छ । गृहमन्त्री बालकृष्ण खाणले अछाममा पहिरो परि बेपत्ता, घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन निर्देशन दिनुभएको छ ।
उहाँले आवश्यक ठाउँमा तत्काल हेलिकप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।
तस्बिर : सामाजिक सञ्जाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।