अछाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २२ पुग्यो, ११ जना घाइते

 असोज १, २०७९ शनिबार १९:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अछाममा पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

ज्यान गुमाउने धेरैजसो बालबालिका रहेका छन् । ज्यान गुमाउने सबैको परिचय खुलेको छ । पहिरोमा पुरिएर ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाहीको ज्यान गएको छ ।

त्यस्तै, कमलबजार नगरपालिका–६ की ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामीको ज्यान गएको अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

यस्तै, कमलबजार नगरपालिका–८ ढुङ्गलाका २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिग्रा दमाई, तीन वर्षीय कलु दमाई र चार वर्षीया कल्पना दमाईको ज्यान गएको छ । पहिरोमा परि ११ जना घाइते भएका छन् ।  घाइतेमध्ये केहीको प्रादेशिक अस्पताल सुर्खेत र केहीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । केही डिस्चार्ज भएका छन् ।
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया