अछाम शोकमा : पहिरो प्रभावित क्षेत्रमा आवश्यक राहत तथा व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग माग

 असोज २, २०७९ आइतबार ७:४७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहिरोले २१ जनाको ज्यान गएपछि अछाम शोकमा डुबेको छ । तुर्माखाँद, कमलबजार र ढकारीमा पहिरोले २१ जनाको ज्यान गएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पुष्टि गर्नुभएको छ । तुर्माखाँद र ढकारीमा गरी दुई जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

घटनामा घाइते भएका तीन जनाको सुर्खेत र तीन जनाको मङ्गलसेनमा उपचार भइरहेको छ । शुक्रवार राति खसेको पहिरोले घरभित्रै च्यापिएर मानवीय क्षति भएको हो । कमलबार, तुर्माखाँद र ढकारी आपसमा जोडिएका पालिका हुन् । शुक्रवार राति ठूलो पानी परेको र जमिन थर्केर पहिरो खस्दा केही घर पुरिएका तथा केही भत्काएका छन् ।

घरबारविहीन भएकाहरु कोही आफन्तकोमा र केहीलाई नजिकै सुरक्षित ठाउँमा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार राहत र बसोबास व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग माग गरिएको छ । अहिले पालिकाले विपद् कोषबाट आवश्यक व्यवस्थापन मिलाएका छन् । जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई राहत पालिकाबाट उपलब्ध गराउन भनेको छ। पहिरोले ग्रामीण सडक बगाएको छ ।

पछिल्ला वर्ष पालिकाले खनेका सडकका कारण पनि पहिरोको जोखिम बढेको छ । मापदण्ड र प्रक्रिया नपुर्याइ खनिएका सडकले पहिरोको जोखिम बढाएका अछामका निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया