जबराले सर्वाेच्च फर्किन्छु भनेर अदालतमाथि मजाक गर्नुभयो : बार एसाेसिएशन अध्यक्ष घिमिरे

 असोज २, २०७९ आइतबार १३:२२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताउनुभएको छ । 

आइतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिमिरिले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताउनुभयो । उहाँले संसद्को कार्यकाल सकिएको नभइ सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै जबराकाे महाअभियोगको सम्बन्धमा आउँदाे संसद्ले प्रष्ट पार्ने बताउनुभयो । महाअभियोग सिफारिस समितिले संसद्लाई प्रतिवेदनसमेत पेस गरिसकेको अवस्थामा जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको उहाँकाे भनाइ छ ।  

उहाँले भन्नुभयो, ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ (जबरा) फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ । सांसदहरूको कार्यकाल सकिएको हो । संसद् सकिएको होइन । संसद् सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो । संसद् अविछिन्न उत्तराधिकारवाला संस्था हो । सांसदहरूको कार्यकाल सकिनुभन्दा पहिला नै यति धेरै प्रक्रिया अगाडि बढिसक्यो, उहाँसँग बयान लिइयो । त्यसपछि प्रतिवेदन बन्यो । प्रतिवेदन बनाएर फुल हाउस समक्ष पेस गरेको छ । अब आउँदाे संसद्ले त्यसलाई प्रष्ट गर्नेछ ।’

अध्यक्ष घिमिरिले बारले अहिलेसम्म कुनै विरोधको कार्यक्रम तय नगरेको स्पष्ट पार्नुभयो । निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने विरोधको कार्यक्रम हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया