ब्रेन्टफाेर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियाे

 असोज २, २०७९ आइतबार १९:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

इङ्ग्लिस प्रिमियर लिग ईपीएलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आर्सनलले घरेलु टोलीलाई तीन–शून्यले हराउँदै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा विलियम सालिबा, गाब्रिएल जेसस र फाबियो भिइराले एक–एक गोल गरे । जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ । ब्रेन्टफोर्ड भने नौ खेलमा नौ अङ्कसहित नवौँ स्थानमा छ ।

यस्तै ईपीएलकै अर्काे खेलमा अहिले एभर्टन र वेस्ट ह्याम खेलिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया