साफ महिला फाइनल : बङ्ग्लादेशलाई अग्रता

 असोज ३, २०७९ सोमबार १७:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा नेपालसँगकाे खेलमा बङ्ग्लादेशले अग्रता लिएकाे छ । 

दशरथ रङ्गशालामा भइरहेकाे खेलमा बङ्ग्लादेशले १४ औँ मिनेटमा गाेल गर्दै अग्रता लिएकाे हाे । उसका लागि स्याम सुन्हारले गाेल गरिन् । 

नेपालले आजकाे खेलमा सेमिफाइनलमा भारतलाई हराएकाे टाेलीलाई खेलाएकाे छ । आजकाे खेलमा नेपालबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया