साफ महिला च्याम्पियनशिप : नेपालले १ गाेल फर्कायाे

 असोज ३, २०७९ सोमबार १८:३०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : प्रविन रानाभाटकाे ट्विटरबाट

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा खेलमा नेपालले बङ्ग्लादेशलाई एक गाेल फर्काएकाे छ । 

दशरथ रङ्गशालामा भइरहेकाे खेलमा नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा गाेल गरिन् । नेपाल अझै दुई–एकले पछाडि छ । बङ्ग्लादेशका लागि स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ औँ मिनेटमा गाेल गरिन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया