साफ महिला च्याम्पियनशिप : नेपाल फेरि उपविजेतामा सीमित, बङ्ग्लादेशलाई उपाधि

 असोज ३, २०७९ सोमबार १८:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ । 

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् । 

साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएकाे हाे । नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ । यसअघि पाँचमध्ये चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो । यसअघिका सबै संस्करण भारतले जितेकाे थियाे । 

सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल बङ्ग्लादेशसँग पराजित हुँदा फेरि पनि उपाधि जित्न असफल भयाे । नेपाललाई हराएकाे बङ्गलादेश पहिलो पटक च्याम्पियन बन्याे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया