पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालबन्दी गर्नै नमिल्ने बताउनुभएको छ । शैक्षिक संस्थाजस्तो पवित्र स्थलमा तालाबन्दी गर्न नमिल्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय परीक्षा बोर्डले सोमवार काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शैक्षिक संस्थामा कुनै समस्या भए समाधान गर्नका लागि छलफल र बहस गर्न सकिने उल्लेख गर्दै त्यसका लागि तालाबन्दी नै गर्न आवश्यक नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले शैक्षिक क्यालेन्डर आउँदाे शैक्षिक सत्रदेखि लागू हुने गरी आवश्यक तयारी गर्न पनि राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयहरूलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अब क्यालेन्डर प्रणाली लागू गरौँ । त्यसका लागि के–के अभाव छन्, सहयोग गरौँला । कानुन, नियममा के परिवर्तन गर्नुपर्ने हो ? त्यो गरौँला । त्यसका लागि भन्नुहोला । परीक्षा बोर्डले यो प्रक्रिया सुरु गरोस् । विश्वविद्यालयमा भएका कमजोरी, त्रुटिहरू सुधार्ने माध्यम भनेको छलफल, बहस हो । तालाबन्दी होइन ।’
परीक्षा दिएकाहरूले समयमै नितिजा प्राप्त गर्न नसकेको भन्दै मन्त्री पाैडेलले अब शैक्षिक क्यालेन्डर अनिवार्य लागू गरी ती समस्या समाधान गर्नुपर्ने स्पष्ट पार्नुभयो । त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने भए तत्काल पहल गर्ने उहाँकाे प्रतिबद्धता थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।