खर्च विवरण समयमा नै नबुझाउने बालेन्द्र शाह र हर्क साम्पाङलगायत मेयर उपमेयरलाई जरिबाना (सूचीसहित)

 असोज ४, २०७९ मंगलबार ७:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनाव–२०७९ अन्तर्गत खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उनीहरुको नाम सार्वजनिक गरेको आयोगले जनाएको छ ।

आयोगको शुक्रवार बसेको बैठकले महानगरपालिकाका मेयर तथा उपमेयरलाई जनही साढे ७ लाख रुपैयाँ दरले जरिबाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

खर्चको विवरण नबुझाउनेमा काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहसँगै उपमेयर सुनिता डङ्गोल, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल तथा उपमेयर चित्रसेन अधिकारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा उपमेयर शिल्पा कार्की, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा उपमेयर इस्तियाज आलम र पोखराका मेयर धनराज आचार्य रहेका छन् । निर्वाचन खर्चको विवरण बुझाउनेमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ रहनुभएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसहित ७ उपमहानगरपालिकाका ११ जना मेयर/उपमेयरले जनही साढे ५ लाख रुपैयाँ जरिबाना तिनुपर्ने भएको छ । खर्च विवरण नबुझाउने महानगरपालिकाका वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारले जनही तीन लाख, उपमहानगरका वडाअध्यक्ष तथा सदस्यले जनही साढे दुई लाख र नगरपालिकाका मेयर तथा उपमेयरले ४ लाख ५० हजार तथा वडाअध्यक्ष, सदस्यले दुई लाख रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले जनही साढे तीन लाख र वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदरवारले १ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । निर्वाचित जनप्रतिनिधिले ६ महिनाभित्र तोकिएको जरिबाना नतिरे उनीहरुलाई कानुनी व्यवस्था अनुसार नै पदमुक्त गरिने निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया