निर्मला पन्त हत्या प्रकरण : घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग

 असोज १३, २०७५ शनिबार १४:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषिलाई कारबाहीको माग गदै माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ ।

निर्मला पन्तको न्यायका लागि स्वतःस्फुर्त रुपमा शनिबार माइतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । घटना भएको दुई महिना बितिसक्दा पनि दोषि पत्ता नलाग्नु र छानबिन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधिको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकारविरद्ध नाराबाजी गरेका थिए । 

छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्यूनिकरणको मागसहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनको अध्ययन प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया