डा. केसीलाई लिन गएकाे सेनाकाे जहाज रित्तै काठमाण्डाै फर्कियाे

 असोज ४, २०७९ मंगलबार १७:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कैलाली – स्वास्थ्य क्षेत्र सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसी उपचारका लागि काठमाण्डौ जान अस्वीकार गरेपछि सेनाको जहाज रित्तै फर्किएको छ ।

डा. केसीले काठमाण्डाै नजाने अडान लिएपछि उहाँलाई लिन धनगढी गएको नेपाली सेनाको जहाज रित्तै काठमाण्डौ फर्किएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशिक अस्पतालका डाक्टका टोलीले केसीलाई उपचारका लागि काठमाण्डाै जान आग्रह गरे पनि उहाँले आफूलाई जटिल समस्या नभएकाले जबरजस्ती नगर्न आग्रह गरेपछि जहाज रित्तै फर्किएको हो । उहाँ उपचाररत सेती प्रादेशिक अस्पतालका डाक्टरले केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि उहाँलाई काठमाण्डौ उपचारका लागि ल्याउने तयारी गरिएको थियो ।

केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावकाे शङ्का भएको अस्पतालले  जनाएको छ । 

यसैबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आजै अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । त्यस क्रममा मन्त्री बोहराले प्रदेश सरकारको क्षेत्राधिकार पर्ने माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको थियो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया