मापदण्ड विपरीत बनेका संरचना हटाउन तथा आवश्यक सुधार गर्न ललितपुर महानगरको ३५ दिने सूचना

 असोज ५, २०७९ बुधबार ८:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड विपरीत बनेका संरचना हटाउन तथा आवश्यक सुधार गर्न अनुरोध गरेको छ ।

महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्र नक्सा स्विकृत विना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ्ग खुलाई स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु तथा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण प्रयोजनमा प्रयोग भएका संरचना ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन अनुसार कायम गर्न अनुरोध गरेको हो । अबको ३५ दिनभित्र सूचना अनुसार नगरेमा महानगर आफैले संरचना हटाउने पनि चेतावनी दिएको छ ।


 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया