आईसीसी वरीयतामा कुशल र दीपेन्द्रकाे सुधार

 असोज ५, २०७९ बुधबार १४:४२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अद्यावधिक गरेको टी–२० को नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ५१ औँ र दीपेन्द्र ५८ औँ स्थानमा रहेका छन् । यस्तै टी–२० काे बलिङतर्फ सन्दीप लामिछाने एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन् । 

ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत् छन् । बलिङमा जोस हेजलउड र अलराउन्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया