राष्ट्रपतिको कदमप्रति संयुक्त विद्यार्थी सङ्गठनद्वारा विराेधका कार्यक्रम घाेषणा

 असोज ५, २०७९ बुधबार १८:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठनहरूले विरोधका कार्यक्रम घोषणा गरेका छन् । 

बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्तरूपमा विरोधको कार्यक्रम घोषणा गरेका हुन् । 

विरोधको कार्यक्रमहरूमा असोज ६ गते देशभरका जिल्लामा संयुक्त विरोध प्रदर्शन गर्ने, ६ गते नै माइतीघर मण्डलामा बिहान ९ बजे कार्टुन प्रदर्शनी तथा संयुक्त विरोध प्रदर्शन गर्ने र असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गरिने जनाइएको छ ।

विद्यार्थी सङ्गठनहरूले राष्ट्रपतिले कुनै दलको स्वार्थ र इसारामा नागरिकता विधेयकलाई प्रमाणीकरण नगरि विफल तुल्याएको आरोप लगाएका छन् । त्यस्तै राष्ट्रपतिको कदमलाई असंवैधानिक कदमको संज्ञा दिँदै राष्ट्र, राष्ट्रियता, नेपाली नागरिक र व्यवस्थामाथि प्रहार गरिएको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग पनि गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया