साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
ललितपुर - महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताउनुभएको छ ।
ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताउनुभएको हो ।
महिला उद्यमीको विकास र प्रवर्द्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशीलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अझै पनि अत्यन्तै न्यून संख्यामा मात्रै महिला उद्यमी रहेको भन्दै सीप विकासमा सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।
गोष्ठीकाे आयोजना उद्योग वाणिज्य महासंघको महिला विभागले गरेको हो । गोष्ठीमा सहभागी महिला उद्यमीले महिलाले सञ्चालन गरेका उद्योगको विकास र प्रवर्द्धनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई सुझाव दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।