सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही अदालतमा लामिछानेको थुन...
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकाका विभिन्न १४ ठाउँ र काभ्रेको साँगामा गरी १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना भएको छ । दशैँ/तिहार, छठ पर्वका बेला यात्रुलाई ठगिन नदिने उद्देश्यले विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुले भाडामा ठगिनुपरेको गुनसो गर्दै आएका छन् ।
यातायात व्यवस्था विभाग र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष राखेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार यात्रु सहायता कक्षबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र अरु आवश्यक समन्वय गरिनेछ । पूर्वमा जाने यात्रुलाई ध्यानमा राखेर यसपालि काभ्रेको साँगामा पनि सहायता कक्ष स्थापना गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, विभागका कर्मचारी र उपभोक्ता अधिकारकर्मी बसेर टिकट काट्नेदेखि घर जानसम्म सहजता प्रदान गर्नेछन् । अहिले गाडी भाडा नबढेको र तोकिएको भन्दा बढी भाडा नतिर्न विभागले यात्रुलाई आग्रह समेत गरेको छ ।
कसैले बढी भाडा लिए यात्रु सहायता कक्षमा रहेका प्रहरी र कर्मचारीलाई खबर गर्न पनि विभागको अनुरोध छ । घटस्थापनापछि काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्छ । दशैँमा झण्डै २० लाख यात्रुले काठमाण्डौ छोड्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।