पोखरामा आजदेखि माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु हुँदै

 असोज ६, २०७९ बिहिबार ९:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - पोखरामा आजदेखि तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो सुरु हुँदैछ । जी–२ र्याङकिङ तथा प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से हुन लागेको हो ।

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हुने प्रतियोगिता असोज ९ गतेसम्म पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा चल्नेछ । प्रतियोगितामा सहभागी हुन १३ देशका एक हजार चार सय २५ खेलाडी पोखरा आइसकेका मूल आयोजक समितिका सचिव जगन गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिनियर र जुनियरतर्फको विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १४ वर्षदेखि ६० वर्षसम्म महिला र पुरुष गरी विभिन्न आठ तौल समूहमा तथा पुम्सेतर्फ १४ देखि ६० वर्षभन्दा माथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणाले जानकारी दिनुभयो ।       

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया