रुकुम पूर्व बस दुर्घटना : ५ जनाकाे ज्यान गयाे, घाइते ४ जनालाई नेपालगञ्ज पठाइयाे

 असोज ६, २०७९ बिहिबार १८:९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

बस दुर्घटना भएकाे क्षेत्र

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । 

काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस आज बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा रुकुम पूर्वको भूमे गाउँपालिका ५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, चालक रामेछापका लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उहाँका दुई वर्षका छोरा सिजन रहेका छन् । 

यस्तै घाइते १२ जनामध्ये चार जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया