आसिफ शेखलाई 'सीएमजे स्पिरिट अफ क्रिकेट' अवार्ड
चैत ६, २०७९ सोमबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार दुई सय ६२ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक सय ३७ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार चार सय पाँच जनामा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।