भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज

 असोज ७, २०७९ शुक्रबार १२:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदैछ ।

खेल नागपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ । शृङ्खला जोगाउन भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

अस्ट्रेलियाले पहिलो टी–२० मा घरेलु टोली भारतलाई चार विकेटले हराउँदै शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ । तीन खेलको टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया भारतको भ्रमणमा छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया