बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा पार्किङ सेवा सुरु

 असोज ७, २०७९ शुक्रबार १५:९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएको बानेश्वर प्लाजामा पार्किङ सेवा सुरु भएको छ । 

पार्किङको लागि अनुमती लिएर अरु नै काममा प्रयोग गरिरहेको पाइएपछि महानगरले एक महिना अघि अण्डरग्राउण्ड खाली गराएको थियो ।

महानगरको निर्देशन अनुसार आजदेखि पार्किङ सुरू भएको हो । दुई पांग्रे गाडीका लागि प्रतिघण्टा २५ रूपैयाँ शुल्क तिरेर पार्किङ गर्न सकिनेछ । 

बानेश्वर क्षेत्रमा पार्किङका लागि अनुमती लिएर बनाइएका संरचना पार्किङकै लागि प्रयोग गर्दा त्यस क्षेत्रमा रहेको पार्किङ समस्या झण्डै ८० प्रतिशत समाधान हुने काठमाण्डौ महानगरपालिकाको महानगर प्रहरीले जनाएको छ । 

यसैबीच काठमाण्डौ महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरपालिकाले आज अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

महानगरपालिकाले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले गएको भदौ ६ गतेदेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काउन थालेको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया