इङ्ल्यान्डसँगको तेस्रो टी–२० खेलमा पाकिस्तान पराजित

 असोज ८, २०७९ शनिबार ६:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ल्यान्डसँगको तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान पराजित भएको छ । गएराति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ल्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ल्यान्डले २–१ को अग्रता बनाएको छ ।

इङ्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका शान मसुदले अविजित ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

इङ्ल्यान्डका मार्क उडले ३ तथा आदिल रसिदले २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । इङ्ल्यान्डका बेन डुकेट र ह्यारी ब्रुक्सले अविजित अर्धशतकीय पारी खेले ।

डुकेटले ७० तथा ब्रुक्सले ८१ रन जोडे । पाकिस्तानका उस्मान कादिरले २ तथा मोहम्मद हुसाइनले १ विकेट लिए । दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने पहिलो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । दुई देशबीचको चौथो टी–२० भोलि हुनेछ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया