चार हजार भन्दा बढीकाे नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना पुष्टि

 असोज ८, २०७९ शनिबार १६:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी चार हजार एक सय २६ जनाको नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक सय १६ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ८३ जनामा झरेको छ । 

यसैबीच नेपालमा डेङ्गीको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । देशका ७६ जिल्लामा फैलिएको डेङ्गीबाट २२ हजार नौ सय ८८ जना संक्रमित भएकोमा २९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डेङ्गी संक्रमण लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकोले डेङ्गीबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने डाक्टरहरुको सुझाव छ । 
 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया