आज राति सुदूरपश्चिम प्रदेशमा धेरै ठूलो पानी पर्ने

 असोज ८, २०७९ शनिबार १९:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज राति सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

भारतको राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज राति १२ बजेदेखि सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी पर्ने र कुनैकुनै ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ । 

उहाँका अनुसार आज राति १२ बजेदेखि कैलाली, कञ्चनपुर क्षेत्रबाट यसका प्रभाव पर्न सुरु भएर भोलि बिहानसम्म सुदूरपश्चिम क्षेत्र र कर्णाली प्रदेशका पूरै भूभागमा प्रभाव पर्नेछ । त्यसपछि दिउँसोसम्ममा लुम्बिनी प्रदेशका केही ठाउँमा पनि प्रभाव पर्ने र ठूलो पानी पर्ने उहाँले बताउनुभयो । 

देशका अरु ठाउँमा भने सामान्य प्रभाव मात्रै रहनेछ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

भोलि बेलुकासम्म नै न्यून चापीय क्षेत्रको प्रभाव रहने भएकाले भिरालो ठाउँमा पहिरो तथा नदीमा बाढी आउने सम्भावना भएकाले भिरालो जमिन र नदी आसपासको क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया