आज सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

 असोज ९, २०७९ आइतबार ७:३५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् हिरा भट्टराईका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारतको उत्तर पूर्वी राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति ठूलो भारी वर्षाको सम्भावना छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशसँग जोडिएका कर्णाली प्रदेशका केही जिल्लामा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । राति पनि सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

भारी वर्षाको सम्भावना रहेकाले सुदूरपश्चिममा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया