यूईएफए नेसन्स लिगमा स्पेन स्विट्जरल्यान्डसँग पराजित

 असोज ९, २०७९ आइतबार ८:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा स्पेन पराजित भएको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा स्पेनलाई स्विट्जरल्यान्डले २–१ गोलले हरायो । स्पेनलाई स्विट्जरल्यान्डले उसैको घरेलु मैदानमा हराएको हो ।

खेलको २१ औँ मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ५५ औँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए । तर, खेलको ५८ औँ मिनेटमा ब्रेल एम्बोलोले थप गोल गरेपछि स्विट्जरल्यान्ड २–१ ले विजयी भयो ।

हारसँगै लिग 'ए' समूह २ को स्पेनले ५ खेलमा ८ अङ्क जोडेको छ । स्पेन दोस्रो स्थानमा छ । स्विट्जरल्यान्ड ६ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया