यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलकाे फराकिलो जित

 असोज ९, २०७९ आइतबार ८:४१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० गोलले हराएको हो ।

पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे । ब्रुनो फर्नान्डेज र डिएगो जोटाले एक/एक गोल गरे । जितसँगै लिग 'ए' समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलकाे ५ खेलमा १० अङ्क छ । चेक रिपब्लिक ४ अङ्क जोडेर पुछारमा छ ।

स्पेनको ८ तथा स्विट्जरल्यान्डको ६ अङ्क छ । यही समूहको अर्को खेलमा स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको छ । पोर्चुगलको जित र स्पेनको हारसँगै लिग 'ए' समूह दुईबाट प्ले अफ र रेलिगेसनको दौड रोमाञ्चक बनेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया